बहुप्रतिक्षित फिल्म प्रेम गीत ३ ले फागुन १३ लाई तोक्यो रिलिज डेट — OSNepal

बहुप्रतिक्षित फिल्म प्रेम गीत ३ ले फागुन १३ लाई तोक्यो रिलिज डेट

LC (KTM) November 25, 2021 0

नेपाली चलचित्रले अब भने रिलिज डेट तोक्न सुरु गरेका छन् । कोरोना महामारीका कारण लामो समय देखी पेण्डिंगमा रहेका फिल्महरुले आफु अनुकुल डेट बनाएर रिलिजको तयारीमा जुटेका छन् । यसैक्रममा चलचित्र निर्माता तथा निर्दशक सन्तोष सेनले अझै पनि जोखिम मोलेरै भए पनि रिलीजको डेट तोकेको छ ।

चलचित्र प्रेम गीत ३’ ले फागुन १३ गते प्रदर्शन मिति तय गरेको चलचित्रका निर्माता तथा निर्देशक सेनले सामाजिक सञ्जाल मार्फत सबैलाई आग्रह समेत गरेका छन् । त्यस्तै फिल्मका नायक प्रदिप खडले पनि सबैलाई फिल्म हेरिदिन आग्रह गरेका छन् । यस अघि यो चलचित्रले २०७६ सालको चैत्र २८ मा चलचित्र प्रदर्शन गर्ने निर्णय गरेको थियो।

तर कारोना भाइरस महामारीको कारण चलचित्र सम्बन्धि काम समेत रोकिएको थियो । निर्माता सेनले दर्शकको लागि चुनौति बोकेर भए पनि चलचित्र प्रदर्शन गर्न लागेको जानकारी दिएका छन् । चलचित्रमा नायक प्रदिप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर