ए डिभिजन लिगमा आज बाट दोस्रो चरणको खेल हुदै — OSNepal

ए डिभिजन लिगमा आज बाट दोस्रो चरणको खेल हुदै

LC (KTM) November 25, 2021 0

सहिद स्मारक एु डिभिजन लिग फुटबलमा आज बाट दोस्रो चरणको खेलहरु सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र थ्री स्टारबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज सातदोबाटो पहिलो जितको खोजीमा हुनेछ । यता, थ्री स्टार भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । शीर्ष स्थानको थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई तीन शुन्य गोल अन्तरले हराएको थियो । त्यस्तै आजको दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र फ्रेन्ड्सबीचको खेल पौने ५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर