OSNepal आइतबार, मंसिर १२ २०७८

आज नेपाल बारका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

आज नेपाल बारका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


आज नेपाल बारका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Reading Time: < 1 minute

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देवाउले आज शुक्रबार नेपाल बार एसोसिएसनका पदाधिकारीलासँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वाेच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । उक्त ध्यानाकर्षणपत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड