अभिनेत्री क्याट्रिनाले बिहेमा लगाउने मेहन्दीको चर्चा, मूल्य यति महंगो ! — OSNepal

अभिनेत्री क्याट्रिनाले बिहेमा लगाउने मेहन्दीको चर्चा, मूल्य यति महंगो !

LC (KTM) November 26, 2021 0

बलिउड अभिनेता बिक्की कौशल तथा कैट्रिना कैफ चाँडै बिबाह बन्धनमा बाँधिन लागेका छन् । उनीहरुको ३ दिनको सेरेमनी हुनेछ । डिसेम्बर ७,८ र ९ मा दुबै जनाको हिन्दु तथा क्याथोलिक रिवाज अनुसार बिबाह हुदैछ । ७ सय बर्ष पुरानो सवाई माधोपुरको सिक्स सेंसेस फोर्ट बरवारामा बुक गरिएको छ ।

कैट्रिनाको लागि सजाउनका लागि मेहन्दी जोधपुरको पाली क्षेत्र बाट ल्याईनेछ । उक्त ठाउँको मेहन्दी दुनियाभर बेहुली सजाउनका लागि प्रख्यात रहेको छ । कैट्रीनालाई यो मेहन्दी गिफ्ट गर्न लागिएको हो । यो जोडीको मेहन्दीको लागि स्याम्पल पठाई सकिएको छ । सोजतका कलाकारले मेहन्दीलाई प्राकृतिक रुपमा तयार गरिरहेको छ ।

यसमा कुनै प्रकारको केमिकलको प्रयोग गरिएको हुदैन । यो मेहन्दी हातले नै बनाइएको हुन्छ । सोजतको मेहन्दी वेण्डरका अनुसार कैट्रीनालाई पठाउने मेहन्दी ५० हजार देखी १ लाख रुपैयाको रहेको छ । तर उनका लागि यो गिफ्ट भएकोले कुनै पनि मुल्य लिईने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर