OSNepal आइतबार, मंसिर १२ २०७८

राप्रपाको महाधिवेशनका लागि राजनीतिकसहितका कार्यपत्र पारित

राप्रपाको महाधिवेशनका लागि राजनीतिकसहितका कार्यपत्र पारित

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


राप्रपाको महाधिवेशनका लागि राजनीतिकसहितका कार्यपत्र पारित
Reading Time: < 1 minute

काठमाडौँ, ९ मङ्सिर -=राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिले यही मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुने एकता महाधिवेशनका सन्दर्भमा सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र परिमार्जनसहित पारित गरेको छ । पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर राणाद्वारा प्रस्तुत ‘सामाजिक कार्यपत्र’, कमल थापाद्वारा प्रस्तुत ‘राजनीतिक कार्यपत्र’ र डा प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत ‘आर्थिक कार्यपत्र’ परिमार्जनसहित पारित गरिएको हो ।

विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी मस्यौदा पनि परिमार्जनसहित पारित गरिएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले निर्वाचनसम्बन्धी र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड