सात दिने ‘अल्टिमेटम’ दिँदै सांसद शाहीले गराए वायुसेवा निगमको ध्यानाकर्षण — OSNepal

सात दिने ‘अल्टिमेटम’ दिँदै सांसद शाहीले गराए वायुसेवा निगमको ध्यानाकर्षण

LC (KTM) November 26, 2021 0

जाजरकोट, -नेपाल एयरलाइन्सको जहाज पठाउन माग गर्दै नेपाल वायु सेवा निगमको क्षेत्रीय कार्यालय नेपालगञ्जको ध्यानाकर्षण गराइएको छ । कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीको नेतृत्वमा बिहीबार गएको डोल्पालीहरूको टोलीले लिखित पत्रसहित क्षेत्रीय प्रबन्धकको ध्यानाकर्षण गराएको हो ।

सरकारी जहाज नेपाल एयरलाइन्सले कर्णालीका रुकुम पश्चिम, जुम्ला, मुगुलगायत जिल्लामा नियमित उडान गरे पनि दुर्गम जिल्ला डोल्पामा अहिलेसम्म उडान नगरेर विभेद गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । डोल्पाली नागरिकका लागि भरपर्दो यातायात साधनको रूपमा रहेको नेपाल एयरलाइन्सले नियमित उडान गर्नुपर्ने माग राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको सांसद शाहीले बताए ।

डोल्पासम्म सडक सञ्जालको राम्रो सुविधा नहुँदा बिरामी, विद्यार्थी र आम सर्वसाधारणलाई जिल्ला बाहिर आवत–जावत गर्न ठूलो समस्या झेल्नु परेको शाहीको भनाइ छ ।नेपाल एयरलाइन्सले हप्तामा तीन वटा उडान गरे पनि नियमित उडान नहुँदा डोल्पाका नागरिकले निकै सास्ती खेप्नुपरेको उनले बताए । जुफाल विमानस्थलमा उडान गरिरहेका तारा, समिटलगायत निजी एयरलाइन्सले पावर र पहुँचका आधारमा टिकट वितरण गर्ने भएपछि सर्वसाधारणले हवाई टिकटको ठूलो सास्ती खेप्नु परिरहेको उनको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर