कोइलाखानीमा आगो लाग्दा ५२ जनाको मृत्यु — OSNepal

कोइलाखानीमा आगो लाग्दा ५२ जनाको मृत्यु

LC (KTM) November 26, 2021 0

मस्को, १० मंसिर -साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । आगो लागेपछि खानीभित्रै केही हराइरहेका छन् । कोइलाको धुलोमा आगो लागेपछि खानीभित्र धुँवाको मुस्लोले ढाकेको थियो । धुँवाका कारण धेरै जना निसास्एिका थिए ।

खानीभित्र फँसेका सबै जनाको मृत्यु भएको हुन सक्ने रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते ४९ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला बिस्फोट हुन सक्ने भन्दै उद्दार कार्य स्थगित गरिएको थियो । खानीबाट अझै पनि धुँवाको मुस्लो आइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर