आज हुने भनिएको नेपाली कांग्रेसको कैलाली अधिवेशन यस कारण स्थगित — OSNepal

आज हुने भनिएको नेपाली कांग्रेसको कैलाली अधिवेशन यस कारण स्थगित

LC (KTM) November 26, 2021 0

कैलाली १० मंसिर । नेपाली कांग्रेसको कैलाली जिल्लाको अधिवेशन स्थगित भएको छ । आज शुक्रबार हुने भनिएको अधिवेशन आन्तरिक तयारी नहुनाले स्थगित भएको बताइएको छ ।

प्रचारप्रसार समिति संयोजक नृप सुनारले दिएको जानकारी अनुसार सुदुरपश्चिम प्रदेशकोे अधिवेशन पनि धनगढीमै गर्ने तयारीका कारण आजको जिल्ला अधिवेशन स्थगित भएको हो ।

यही मङ्सिर १६ र १७ गते नेपाली काँग्रेसको प्रदेश अधिवेशन हुने भएको छ । प्रदेश सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि जिल्ला सम्मेलन गर्न नसकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर