एमालेको महाधिवेशनले रोकियो कांग्रेसको जिल्ला अधिवेशन — OSNepal

एमालेको महाधिवेशनले रोकियो कांग्रेसको जिल्ला अधिवेशन

LC (KTM) November 26, 2021 0

चितवन १० मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको कारण नेपाली कांग्रेसको चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । एमालेको महाधिवेशनकै दिन जिल्ला अधिवेशन भएपछि स्थगित भएको हो ।

महाधिवेशनले गर्दा चितवनका सबै होटल भरिएका छन् भने सवारी साधन अस्तव्यस्त बनेको छ । जसले गर्दा जिल्ला अधिवेशन रोक्नु परेको जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिएका छन् ।

शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान गर्ने तयारी निर्वाचन समितिको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर