महासचिवमा ओलीनिकट यी तीन नेताको दाबी — OSNepal

महासचिवमा ओलीनिकट यी तीन नेताको दाबी

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा तिन नेता महासचिवमा उम्मेदवारी दिएका छन् । बिहिबार राति बसेको बैठकमा यी तिन जना नेताले महासचिवमा दावी गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओली सहित बसेको बैठकमा विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले महासचिवमा दाबी गरेको निकट स्रोतले जनाएको छ । पौडेललाई सुवास नेम्वाङको साथ रहेको छ भने, पोखरेललाई उपाध्यक्ष ईश्वर पोखरेल र विष्णु रिमाल ेले साथ दिएका छन् ।

सबै पदमा सर्वसम्मत चयन गरिने भए पनि एउटै पदका आकांक्षी धेरै भएपछि सकसमा परेको छ । यता उपाध्यक्ष भीम रावलले पनि वर्तमान अध्यक्ष ओलीलाई टक्कर दिन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

महासचिवमा दावी गरेको यी तिनै जना भने ओली निकट मानिछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर