एमाले महाधिवेशनमा सहभागी हुन आएकाले सडकमै खाना बनाएर खाए, हेर्नुहोस् यि दृश्यहरु — OSNepal

एमाले महाधिवेशनमा सहभागी हुन आएकाले सडकमै खाना बनाएर खाए, हेर्नुहोस् यि दृश्यहरु

LC (KTM) November 26, 2021 0

चितवन, १० मंसिर । चितवनमा शुक्रबारबाट नेकपा एमालेको १०औँ महाधिवेशन हुँदै छ । मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटेल भरिभराउ भएका बेला जनकपुर, महोत्तरी र सर्लाहीबाट आएका एमाले कर्याकर्ताले भने सडकमै खाना पकाएर खाएका छन् ।

जनकपुरबाट चारवटा जिपमा ५७ जनाको टोली शुक्रबार बिहान ८ बजे चितवन आइपुगेको छ । सर्लाहीको बरहथवा नगरपालिकाबाट दुईवटा बसमा ११५ जना आएका छन् । भरतपुरस्थित बसपार्कमा साढे ८ बजे आइपुगेर उनीहरूले खाना पकाएर खाएका हुन ।

ग्यास, तरकारी, प्लेट, पानी आफैँ ल्याएको कार्यकर्ता सुदिप प्रसाद उप्रेतीले जानकारी दिए । महोत्तरी गौशालाबाट २५० जना कार्यकर्ता ५ बजे बसपार्क आइपुगेका थिए । चामल र तरकारी आफनै कार्यकर्ताबाट उठाएको गौशाला नगर कमिटी अध्यक्ष अजय कुमार कुशवाहले जानकारी दिए ।

होटेलमा बसेर र्खर्च गर्नुभन्दा आफै ल्याएर पकाएर खाएको उनले बताए । उनीहरू खाना खाइसकेर महाधिवेशनस्थल नारायणी नदी किनारमा जाने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर