रुसमा कोइला खानी दुर्घटनामा परी ५२ मजदुर र छ जना उद्धारकर्मीको मृत्यु — OSNepal

रुसमा कोइला खानी दुर्घटनामा परी ५२ मजदुर र छ जना उद्धारकर्मीको मृत्यु

LC (KTM) November 26, 2021 0

मस्को १० मङ्सिर- रुसमा कोइला खानी दुर्घटनामा परी कम्तीमा पनि ५२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार सो दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ६ जना उद्धारकर्मी पनि परेका छन् । मृत्यु भएका ५२ जनामध्ये ६ जना उद्धारकर्मी पनि परेका हुन् ।

यहाँका अधिकारीहरुले गएको पाँच वर्षमा यो सबैभन्दा ठूलो खानी दुर्घटना भएको mजनाएका छन् । रुसी समाचार समिति तासले जनाएअनुसार सो दुर्घटनामा परेका मजदुरहरु कोही पनि जिवीत नरहेको बताएको छ ।सो समाचार समितिले उक्त दुर्घटना परेको थाहा भएपछि उद्धारको काम थालिएको तर पनि त्यहाँ च्यापिएर रहेकामध्ये कोही पनि जिवीत नपाइएको सो समाचारमा जनाइएको छ ।

कोइला खानीमा विस्फोट भएको थियो । त्यसपछि कोइलाको कालो धुलोले खानीभित्र अध्यारो भएर उद्धारको काम गर्न निकै कठिन भएको थियो ।रुसको सो समाचार समितिले दुर्घटनाका क्रममा सो खानीमा कम्तीमा पनि २८५ जना मजदुर र कर्मचारी रहेका थिए । त्यसपछि कतिपयलाई उद्धार गरेर बाहिर निकालिएको थियो ।यस दुर्घटनामा घाइते भएका मजदुरको उपचार जारी रहेको बताइएको छ । उनीहरुलाई खानीभित्रको कोइलाको कालो धुवाँले असर गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर