मनकामना मन्दिरका पुजारीको मृत्यु — OSNepal

मनकामना मन्दिरका पुजारीको मृत्यु

LC (KTM) November 26, 2021 0

गोरखा, १० मङ्सिर- गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिई आउनुभएका एक गुर्जु (पुजारी) को हृदयाघातबाट मृत्यु भएको छ । हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आउनुभएका काठमाडौँ महानगरपालिका–४ का रत्नराज बज्राचार्यको हृदयाघातबाट गए राति निधन भएको मनकामनाका स्थानीय दिनेश जोशीले जानकारी दिनुभयो ।

पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको जोशीले बताउनुभयो । घटनाको जानकारी पाएलगत्तै प्रहरीको एकटोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर