आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ — OSNepal

आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

LC (KTM) November 26, 2021 0

पाल्पा १० मंसिर । आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दिकोट गाउँपालिका(८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारु रहेका छन् ।

उनले आफ्नै ६० वर्षीया आमा मेनु सारुको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेका उनले सालको काठको प्रहार गर्दा आमा मेनुको घटना स्थलममै ज्यान गएको हो ।

घटनाको भए लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले छोरोलाई पक्राउ गरेकोह टछ ।

उनी उपर थप अनुशन्धान भइरहेको प्रहरीले बताएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर