OSNepal आइतबार, मंसिर १९ २०७८

महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवनमा

महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवनमा

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवनमा
Reading Time: < 1 minute

चितवन, १० मङ्सिर -प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आउनुभएको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट यहाँ आइपुग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण हुनुभएको हो । केही बेरमा उहाँ कार्यक्रमस्थल नारायणी नदी किनारमा पुग्नुहुनेछ ।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उहाँ फर्कनुहुने छ । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि यहाँ आउनुभएको छ चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड