कांग्रेस बैतडी : महाधिवेशन प्रतिनिधिमा पनि चन्द समूहकै वर्चश्व, पूर्वजिल्ला सभापतिदेखि पूर्वसांसद पराजित — OSNepal

कांग्रेस बैतडी : महाधिवेशन प्रतिनिधिमा पनि चन्द समूहकै वर्चश्व, पूर्वजिल्ला सभापतिदेखि पूर्वसांसद पराजित

LC (KTM) November 26, 2021 0

बैतडी, १० मंसिर -नेपाली कांग्रेस बैतडीमा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतपरिणाम चार दिनमा सार्वजनिक भएको छ । गत मंगलबार निर्वाचन भएकाेमा आज मतपरीणाम सार्वजनिक भएकाे हाे । चुनावी प्रक्रियाबाट २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व छ । २६ मध्ये १६ जना प्रतिनिधि चन्द समूहबाट विजयी भएका छन् । शिवराज भट्ट समूहबाट १० जना विजयी भएका छन् । खुलामा चन्द समूहबाट दिनेशप्रसाद भट्ट, लोकराज अवस्थी, दिनेशबहादुर चन्द र नरेन्द्रसिंह थापा विजयी भएका छन् ।

खुलामा भट्ट समूहबाट केशवबहादुर चन्द, हरिमोहन भण्डारी, उत्तरबहादुर ऐर, कर्णसिंह साउँद, दीपकबहादुर बम र कृष्णसिंह नायक विजयी भएका छन् । हिलातर्फ चारै जना चन्द समूहबाट विजयी भएका छन् । जसमा पुनम पाल बम, जानकी भट्ट, तुलसी ठगुन्ना र मीना चन्द रहेका छन् । यसैगरी, खसआर्य पुरुषतर्फ चन्द समूहका तीन जना र भट्ट समूहका दुई जना विजयी भएका छन् । चन्द समूहबाट दिपेन्द्र बम, सुरेन्द्रसिंह ऐर र नरेन्द्रप्रसाद भट्ट विजयी हुँदा भट्ट समूहबाट तेजबहादुर चन्द र कपील केसीले जित हासिल गरेका हुन् ।

खसआर्य महिलातर्फ दुई समूहबाट २/२ जना विजयी भएका छन् । भट्ट समूहका कान्ता चन्द शाही र सरस्वती कोली तथा चन्द समूहबाट कौशिला चन्द र लक्ष्मी शाह चन्द विजयी भएका हुन् । अपांगताबाट ईश्वरीदत्त भट्ट र दलितबाट सुरत पार्की विजयी भए । दुबै चन्द समूहका हुन् । आदीवासी जनजातिबाट चन्द समूहकै किरणकुमार राई निर्विरोध निर्वाचित भएका छन् । यसअघि जिल्ला पदाधिकारीमा एकजना उपसभापति बाहेक सबै पदमा चन्द समूह विजयी भएको छ ।महाधिवेशन प्रतिनिधिमा पूर्वसांसद र पूर्वसचेतक समेत रहेका विनयध्वज चन्द, पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य नरबहादुर चन्द, पूर्वसभापति नरेन्द्र विष्ट, लगायतका नेता पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर