विभिन्न स्थान तथा खेतमा लगी पटक पटक जवरजस्ती करणी गरेको अभियोगमा यी युवक पक्राउ — OSNepal

विभिन्न स्थान तथा खेतमा लगी पटक पटक जवरजस्ती करणी गरेको अभियोगमा यी युवक पक्राउ

LC (KTM) November 26, 2021 0

पर्सा १० मंसिर । एक किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारी रहेका छन् ।

निजले १५ वर्षीया किशोरीलाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरिदिने जस्ता विभिन्न प्रलोभन देखाई गत जेठ १० गतेदेखि असोज ६ गतेसम्म विभिन्न स्थान तथा खेतमा लगी अन्सारीले पटकपटक जबरजस्ती करणी गरेको अनुशन्धानबाट खुल्न आएको छ ।

उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर