तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौं उडान रद्द, सबै विद्यालय बन्द — OSNepal

तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौं उडान रद्द, सबै विद्यालय बन्द

LC (KTM) November 26, 2021 0

सांघाई, १० मंसिर-सांघाईमा तीन जनामा कोभिड १९ देखिएपछि सयौं उडान रद्द गरिनुका साथै विद्यालय बन्द गरिएका छन् । त्यस्तै, सो क्षेत्रमा गरिने सबै भ्रमण स्थगित गरिएको छ । चीनले कोभिडलाई शून्यमा झार्ने बताउँदै आएको छ । यात्रा प्रतिबन्ध देखि लकडाउनसम्मका उपाय लगाएर बेइजिङले कोभिड नियन्त्रण गर्न सफल भएको छ । तर, पछिल्ला समयमा केही सहरमा कोभिड संक्रमण देखिन थालेको छ ।

नजिकको सुझोउ सहरमा यात्रा गरेका तीन जनामा कोभिड पोजेटिभ देखिएपछि सावधानीस्वरुप विभिन्न प्रतिबन्ध लगाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोभिड भएका तीनै जनाले खोप लगाएका थिए ।

सांघाईमा शुक्रबार ५०० भन्दा बढी उडान रद्द गरिएका छन् । त्यस्तै सांघाई सरकारले अन्तरप्रान्तीय भ्रमण रद्द गरेको छ । त्यसैगरी सांघाईका ६ ओटा अस्पताल बन्द गरिएका छन् ।

सांघाईबाट १०० किलोमिटर टाढा रहेको सुझोउ सहरमा एक करोड ३० लाख मानिस बसोबास गर्छन् । अहिले त्यहाँका सम्पूर्ण पर्यटकी क्षेत्र बन्द गरिएको छ । सहर छोड्नुअघि सबै नागरिकलाई कोभिड नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर