OSNepal शनिबार, मंसिर ११ २०७८

पूर्वबाट आएका गाडी भरतपुर प्रवेश गर्न सकेनन्, जताततै गाडीकाे जाम

पूर्वबाट आएका गाडी भरतपुर प्रवेश गर्न सकेनन्, जताततै गाडीकाे जाम

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


पूर्वबाट आएका गाडी भरतपुर प्रवेश गर्न सकेनन्, जताततै गाडीकाे जाम
Reading Time: < 1 minute

चितवन, १० मंसिर- एमालेको १०औं महाधिवेशनका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ । भरतपुर प्रवेश गर्न नसकेपछि केही गाडी फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् ।

प्रशासनले महाधिवेशनको सुरक्षालाई दृष्टिगत गर्दै भरतपुरमा सवारीसाधन भित्रिन रोक लगाएपछि अहिले पूर्व-पश्चिम राजमार्गमा हजारौं सवारीसाधनको लाइन लागेको छ ।

एमाले महाधिवेशनको असर पृथ्वी राजमार्गमा समेत परेको छ । काठमाडौंबाट नारायणगढ र पोखरा जाने यात्रु सडकमै अलपत्र परेका छन् । पश्चिममा नवलपुर र पूर्वमा हेटौंडा दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड