फुटबल खेल्ने निहुँमा धारिलो हतियार प्रहार गर्दा सत्र वर्षीय अभिषेक चौधरी मृत्यु, फरार २६ वर्षीय संजोग पक्राउ — OSNepal

फुटबल खेल्ने निहुँमा धारिलो हतियार प्रहार गर्दा सत्र वर्षीय अभिषेक चौधरी मृत्यु, फरार २६ वर्षीय संजोग पक्राउ

LC (KTM) November 26, 2021 0

मोरङ १० मंसिर । उर्लाबारी नगरपालिका-८ राजघाट चौधरी टोल बस्ने सत्र वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय संजोग अधिकारी रहेका छन् ।

निजलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो । गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका अभिषकको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको थियो ।

निजमाथि जिल्ला अदालत मोरङमा पेश गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर