कब्जियत मात्र नभई अरु रोग सँग लड्ने क्षमता प्रदान भिजाएको चनाले — OSNepal

कब्जियत मात्र नभई अरु रोग सँग लड्ने क्षमता प्रदान भिजाएको चनाले

LC (KTM) November 26, 2021 0

काठमाडौ-भिजाएको चना स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुले सेवन गर्दछन । यसमा विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन् ।

चनामा पोषणको मात्रा बढि हुन्छ ।त्यस्तै प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ । हरेक दिन बिहान भिजेको चना खानु निकै महत्वपूर्ण तथा लाभदायक मानिन्छ । भिजाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ ।भिजाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँदछ ।

हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्नुस् । यसले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढाउँदछ ।भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौन क्षमता पनि बढाउँदछ ।शरीरको वजन वृद्धि गर्न, मांशपेशी बढाउन तथा ससक्त बनाउन पनि चनाको नियमित सेवन गर्नुपर्दछ ।

चनामा पर्याप्त मात्रामा फस्फोरस लवण पाइन्छ जसले हेमोग्लोबिनको मात्रा बढाउँदछ साथै मृगौलालालाई समेत स्वस्थ राख्न सहयोग गर्दछ ।रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर