OSNepal बिहिबार, मंसिर १६ २०७८

के प्रेममा छन् परिणीती ?

के प्रेममा छन् परिणीती ?

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


के प्रेममा छन् परिणीती ?
Reading Time: < 1 minute

एजेन्सी – बलिउडकी सुन्दरी नायिका हुन् परिणती चोपडा । उनी पछिल्लो समय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिकमा व्यस्त रहेकी छन् । फिल्मका लागि मिहिनेत गरिरहेकी परिणिति र सहायक निर्देशक चरित देसाईको प्रेम सम्बन्धलाई लिएर बलिउड गर्माएको छ ।

तर उनले यसबारमा े आफूले कुनै कुरालाई इन्कार पनि नगरेको र स्वीकार पनि नगरेको बताएकी छन् । नले भनेकी छिन्, ‘मेरो परिवार र साथीले यसको सत्य जान्दछन् । मिडिया जान्न चाहन्छ कि यसबारे मैले केही घोषणा गरूँ । तर, म भन्न चाहन्छु कि यो मेरो निजी जिन्दगी हो ।

न म कुनै कुरालाई लिएर बोल्छु, न त बाहिर आएका कुरालाई इग्नोर नै गर्छु ।’ प्रियंका चोपडाको विवाहपूर्वको समारोहमा उनीहरूको तस्बिर सार्वजनिक भएपछि उनीहरुको प्रेम भएको कुरा बाहिर आएको थियो । चरित देसाईसँग परिणितिको भेट अमेरिका भ्रमणका वेला भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड