OSNepal सोमबार, मंसिर २० २०७८

राजनीतिमा एकअर्कालाई खुल्याउने कार्य बन्द गरौँ : चित्रबहादुर केसी

राजनीतिमा एकअर्कालाई खुल्याउने कार्य बन्द गरौँ : चित्रबहादुर केसी

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


राजनीतिमा एकअर्कालाई खुल्याउने कार्य बन्द गरौँ : चित्रबहादुर केसी
Reading Time: < 1 minute

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन् ।  चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने बताए ।

देश र जनताका लागि पनि राजनीतिक दलबीच एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्नेमा उनको भनाइ छ । अध्यक्ष केसीले पनि महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड