काठमाडौंबाट पोखरा जाँदै गरेका २६ वर्षीय युवक बिच बाटोमै परे प्रहरीको नियन्त्रणमा — OSNepal

काठमाडौंबाट पोखरा जाँदै गरेका २६ वर्षीय युवक बिच बाटोमै परे प्रहरीको नियन्त्रणमा

LC (KTM) November 26, 2021 0

कास्की १० मंसिर । अवैध लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१३ मियाँपाटन बस्ने २६ वर्षीय गोपी नेपाली रहेका छन् ।

निजलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पोखरा महानगरपालिका-३२ मझुवाबाट करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको हो । निज काठमाडौंबाट ग.१ ख ८८११ नम्बरको बसमा पोखरातर्फ जाँदै थिए ।

पक्राउ परेका निजमाथि थप अनुशन्धानको कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर