मोटरसाइकलमा सवार शाहिल र उनका साथी रमेश प्रहरीको नियन्त्रणमा — OSNepal

मोटरसाइकलमा सवार शाहिल र उनका साथी रमेश प्रहरीको नियन्त्रणमा

LC (KTM) November 26, 2021 0

कैलाली १० मंसिर । अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका-१ बौनिया बस्ने २० वर्षीय शाहिल ठाकुर र सुर्खेत चौकुने गाउँपालिका-४ बिजौरा बस्ने २१ वर्षीय रमेश बुढा क्षेत्री रहेका छन् ।

उनीहरुलाई भजनी नगरपालिका-३ कुसुमघाटबाट २ ग्राम ७ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, ४ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लु.८१ प ५००३ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल नेपालको समेतको संयुक्त प्रहरी टोलीले उक्त लागु औधष सहित निजहरुलाई पक्राउ गरिएको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर