दुई वर्षदेखि चोरी मुद्धामा फरार रहेका गोपाल पक्राउ परेलगत्तै कारागार चलान — OSNepal

दुई वर्षदेखि चोरी मुद्धामा फरार रहेका गोपाल पक्राउ परेलगत्तै कारागार चलान

LC (KTM) November 26, 2021 0

सुनसरी १० मंसिर । चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ नमस्ते चोक बस्ने २८ बर्षीय गोफ्ले भन्ने गोपाल गुरुङ रहेका छन् ।

जिल्ला अदालत सुनसरीको २०७६ जेठ ९ गतेको फैसलाले चोरी मुद्दामा लगत नम्बर ८९५९ मा नगद ५९ हजार ९ सय ६ रुपैयाँ, लगत नम्बर ८९६० मा २ महिना कैद र १७ हजार रुपैयाँ र लगत नम्बर ८९६१ मा ८ महिना कैद र ५३ हजार रुपैयाँ जरिवाना भएकोमा गुरुङ उक्त कैद तथा जरिवाना बेरुजु रही फरार रहेका थिए ।

निजलाई बिहीबार १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर