रामको किराना पसलमा आगलागी हुँदा २०लाखको क्षति — OSNepal

रामको किराना पसलमा आगलागी हुँदा २०लाखको क्षति

LC (KTM) November 26, 2021 0

जिल्लाको सोनमा गाउँपालिका–२ स्थित एक घर, किराना पसल र धान कुट्ने मिलमा आज बिहान आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । जिप्रका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीयवासी रामएकवाल साहले घरमा आगलागी भएको थियो ।

आगलागीबाट किराना पसलभित्रका सम्पूर्ण सरसामान सहित मिलमा रहेका सम्पूर्ण अन्न क्षति भएको प्रहरीले जनाएको छ । सो आगलागीबाट मानवीय तथा पशुजन्य क्षति नभएको र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर