१८ वर्षीय किशोर र उनको साथी राधेश्याम यसकारण परे प्रहरीको नियन्त्रणमा — OSNepal

१८ वर्षीय किशोर र उनको साथी राधेश्याम यसकारण परे प्रहरीको नियन्त्रणमा

LC (KTM) November 26, 2021 0

सप्तरी १० मंसिर । नियन्त्रित लागूऔषध सहित प्रहरीले दूई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबर्साईन नगरपालिका-१ बस्ने २२ वर्षीय राधेश्याम मण्डल र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

शुक्रबार बिहान प्रहरी चौकी सिस्वाबेल्हीबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध १ सय ४९ ट्याब्लेट नाईट्राभेट र १८ पिस ईन्जेक्सन सहित निजलाई पक्राउ गरेकोम हो । खडक नगरपालिका-२ बेल्हीमा चेक जाँच गर्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रण लिएको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर