सिद्धार्थ शुक्लाले आफ्नो जीवन यात्राका बारेमा गाएको गीत उनको जन्म दिनमा रिलिज गरिदै — OSNepal

सिद्धार्थ शुक्लाले आफ्नो जीवन यात्राका बारेमा गाएको गीत उनको जन्म दिनमा रिलिज गरिदै

LC (KTM) November 26, 2021 0

कतिपय भारतीय कलाकार जस्ले अकालमै मृत्युवरण गर्नु पर्यो । सबैको त नहोला तर अभिनेता सुशान्त सिंह राजपूत र सिद्धार्थ शुक्ला लाई भने उनका फ्यान तथा दर्शकले जहिल्यै पनि संझिनै रहेका हुन्छन् । यसैक्रममा भारतीय टेलिभिजन जगतको सबैभन्दा बिबादीत शो ‘बिग बोस’का विजेता तथा अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु भएको दुई महिना पुरा भईसक्यो तर पनि उनो संझना ताजै रहेको छ ।

उनी एक प्रतिभाशाली कलाकार रहेका थिए । उनको मृत्यु भएको महिनौं दिन पछि उनको गीत रेकर्ड भएको खुल्न आएको छ । उनका गायन क्षमता पनि उत्तिकै थियो जति अभिनयमा रहेको थियो । सिद्धार्थको परिवारले उनी र्‍यापर बन्न चाहेको खुलाएका छन् । सिद्धार्थको एउटा सिक्रेट अब खुलेको छ । उनले मृत्युअघि एउटा गीत रेकर्ड गराएको खुल्न आएको छ । यसका बारेमा सिद्धार्थको परिवारले अहिले आएर खुलासा गरेको हो ।

परिवारले उक्त गीतलाई १२ डिसेम्बर अर्थात् सिद्धार्थको जन्मदिनको अवसर पारेर रिलिज गर्ने योजना बनाएको भारतीय सञ्चारमाध्यमहरुको दाबी रहेको छ । मिडियाका अनुसार यो गीतमा सिद्धार्थले आफ्नो जीवनको यात्राको बारेमा गीत गाएका छन्। सिद्धार्थकी प्रेमिका शहनाज गिलले यो गीतको निर्माणको सम्पुर्ण काम आफैले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर