चेक गणतन्त्रका राष्ट्रपति लाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री नियुक्ती आईतबारका लागि तय — OSNepal

चेक गणतन्त्रका राष्ट्रपति लाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री नियुक्ती आईतबारका लागि तय

LC (KTM) November 26, 2021 0

चेक गणतन्त्रका राष्ट्रपति लाई कोरोना संक्रमण भएको छ । सङ्क्रमित भएर अस्पतालमा रहेका उनले आइतबार मात्रै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने जनाएका छन् । राष्ट्रपति मिलोस जेमान शनिबार अस्पतालबाट निवासमा फर्कने अस्पताल स्रोतले जनाएको छ । उनले अस्पतालबाट घर फर्किए लगत्तै उदारवादी नेता पेट्रो फियालालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्ने बताईएको छ ।

बाम झुकाव राख्ने ७७ बर्षीय राष्ट्रपति जेमान गत अक्टोबर १० मा अस्पताल भर्ना भएका थिए । आम निर्वाचन सम्पन्न भएको भोलिपल्ट नै उनी अस्पताल भर्ना भएका थिए । राष्ट्रपति लाई कलेजोसम्वन्धी समस्या समेत रहेको थियो ।

त्यसैकारण चिकित्सकहरुले उनलाई लामो समयसम्म अस्पतालमै राखेका हुन् । उता नर्या प्रधानमन्त्रीलाई स्थानीय समय अनुसार आगामी आइतबार विहान ११ बजे फियालालाई जेमानले प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर