नाैजवानलाई अरब जान रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा आवश्यक : प्रदेश प्रमुख खापुङ — OSNepal

नाैजवानलाई अरब जान रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा आवश्यक : प्रदेश प्रमुख खापुङ

LC (KTM) November 27, 2021 0

खोटाङ, ११ मंसिर- प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले अरब जाने नौजवानलाई स्वदेशमै रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षाका माध्यमलाई जाेड दिनुपर्ने बताएका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले अर्गानिक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्न सके नौजवान अरब जान बन्द हुने स्थिति आउने बताएका हुन् ।

‘फाउण्डेसनको वैकल्पिक शिक्षाको अभ्यास देशको भविष्य, नेपाली जनताको सुख, शान्ति र संवृद्धि मात्र नभएर रोजगारीसँग गाँसिएको छ । याे कुरा नेपालीले सिक्यौं भने जान्यौं भने नौजवान अरब जान बन्द हुने स्थिति आउँछ ।

मलेसिया जानुपर्ने स्थिति बन्द हुन पुग्छ,’ खापुङले भने, ‘ग्लोवलाइजेसनको कारण मान्छे अमेरिका पुग्नु, अष्ट्रेलिया पुग्नु, लण्डन पुग्नु आफ्नो रुचीको विषय हुन सक्छ । तर हामीले प्रयास गर्‍यौं भने अहिलेको जस्तो बाध्यात्मक अवस्थाको अन्त्या हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर