ओली पदाधिकारी व्यवस्थापनमा, नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव ! — OSNepal

ओली पदाधिकारी व्यवस्थापनमा, नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव !

LC (KTM) November 27, 2021 0

सौराहा, ११ मंसिर-एमले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ ।सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ ।शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने भएका छन् ।

ओली बसेकाे हाेटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै छ । जसकारण बन्दसत्र अझै लम्बिने देखिएकाे छ ।शनिबार बिहान १० बजे सेभन स्टारमा सुरू हुने भनिएको बन्दसत्र साढे ११ बजिसक्दा पनि सुरू भएको छैन । प्रतिनिधिहरू सबै ओलीलाई कुरिरहेका छन् । हिजो पनि ८ बजे केन्द्रीय कमिटी बोलाएर ओली राति ११ बजे पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर