कास्की कांग्रेस सभापतिमा पराजित तीन उम्मेदवारको समर्थन सुदीप भट्टराईलाई — OSNepal

कास्की कांग्रेस सभापतिमा पराजित तीन उम्मेदवारको समर्थन सुदीप भट्टराईलाई

LC (KTM) November 27, 2021 0

पोखरा, ११ मंसिर-कास्कीमा स भापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि धेरै मत ल्याएका दुईजनाबीच प्रतिस्पर्धा भएको छ ।

शुक्रबार भएको मतदानबाट पहिलो नम्बरमा किशोरदत्त बराल र दोस्रो नम्बरमा सुदीपमोहन भट्टराई परेका छन् । कांग्रेस विधानमा ५० प्रतिशत मत ल्याउने उम्मेद्वार मात्रै सभापति निर्वाचित हुने व्यवस्था छ ।

शुक्रबार पराजित भएका अरु तीन उम्मेद्वारले भट्टराईलाई सहयोग गर्ने भएका छन् । उनीहरूले मतदानअघि विज्ञप्ति निकालेर आफ्ना समर्थकसँग पनि भट्टराईको पक्षमा मत मागेका छन् ।

बराल केन्द्रमा सभापति शेरबहादुर देउवा निकट हुन् भने भट्टराई पौडेल पक्षका । पराजित अन्य तीन उम्मेद्वार पनि पौडेल निकट थिए ।

पहिलो चरणको निर्वाचनमा आईबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतम बाहिरिएका हुन् । पहिलो बनेका बरालले ६ सय ४४ मत प्राप्त गर्दा दोस्रो भएका भट्टराईले चार सय ७२ मत प्राप्त गरेका थिए । पराजितहरूको समर्थनले भट्टराई कास्की कांग्रेसको सभापति बन्ने सम्भावना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर