एक व्यक्तिको हत्या गरी फरार रहेका अभियुक्तहरु १२ वर्ष पछि पक्राउ — OSNepal

एक व्यक्तिको हत्या गरी फरार रहेका अभियुक्तहरु १२ वर्ष पछि पक्राउ

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । हत्या गरेको अभियोगमा फरार रहेका दूई जनालाई प्रहरीले १२ वर्ष पछि पक्राउ गरेको छ ।

आरोपीहलाई प्रहरीले रामेछापको नाकाथुमबाट ५९ वर्षीय ज्ञान बहादुर तामाङ र काभ्रेको धुलिखेलबाट ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएकोे जानकारी अनुसार निजहरुले २०६६ साल असोज १८ गते रामेछापको खाँडादेवी गाउँपालिका–१ का २९ वर्षीय निखिल भनिने तीर्थमान दोङ (तामाङ) को खुकुरी र तरबार प्रहार गरी हत्या गरेका थिए ।

पक्राउ परेका निजहरुमाथि जिल्ला अदालतमा म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर