सहमतिमा नेतृत्व चयन हुने हो भने त्याग गर्न पनि तयार छु : लालबाबु पण्डित — OSNepal

सहमतिमा नेतृत्व चयन हुने हो भने त्याग गर्न पनि तयार छु : लालबाबु पण्डित

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा दाबी गर्दै नेता लालबाबु पण्डितले सहमति भए आफू पद त्याग गर्न समेत तयार रहेको बताएका छन् ।

सौराहमा सुरु भएको महाधिवेशनको बन्दशत्रमा प्रतिनिधिहरुले सहमतिमा नेतृत्व चयन गर्न नाराबाजी गरिरहेका वेला पण्डितले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएको बताएका नेता पण्डितले सहमतिमा नेतृत्व चयन हुने हो भने आफू पद त्याग गर्न पनि तयार भएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर