दुई लाख डलरसहित पोखराबाट एक जना पक्राउ — OSNepal

दुई लाख डलरसहित पोखराबाट एक जना पक्राउ

LC (KTM) November 27, 2021 0

कास्की ११ मंसिर । एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोकका छिरिङ डुन्डुक गुरुङ रहेका छन् ।

काठमाडौंबाट माइक्रो बसमा पोखरा जाँदै गरेका गुरुङलाई वडा प्रहरी कार्यालय गगनगौंडाको प्रहरीले उक्त डलरसहित पक्राउ गरेकोम हो । नेपाली रुपैंयामा त्यो दुई करोड ३२ लाख ६ हजार हुन आउँछ ।

प्रहरीले डलरु केका लागि प्रगोग गर्ने र कहाँबाट आएको भन्ने विषयमा खुलाएको छैन । प्रहरीले दिएको जानकारी अनुसार निज काठमाडौंबाट बसमा र पोखराबाट काठमाडौं प्लेनमा आउने गरेको बताइएको छ ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर