कोरोना भाइरसको नयाँ भेरियन्ट भित्रिएसँगै न्युयोर्कमा संकटकाल घोषणा — OSNepal

कोरोना भाइरसको नयाँ भेरियन्ट भित्रिएसँगै न्युयोर्कमा संकटकाल घोषणा

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिन नदिनको लागि अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको बताइएको छ ।

“पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,” गभर्नरले भनेका छन् ।शुक्रबार बेलुका निर्देशन जारी गर्दै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिएका छन् ।

न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न समेत आह्वान गरेको छ । साथै बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरुलाई समेत विदेशबाट आउने यात्रुहरुको प्रवेशमा कडाइ गर्न बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर