थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, ३२५ जना निको र ३ जनाको मृत्यु — OSNepal

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, ३२५ जना निको र ३ जनाको मृत्यु

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी , पछिल्लो २४ घण्टामा ३२५ जना निको भई घर फर्किएका छन् । त्यस्तै , पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर