जिल्ला मै विभागको प्रेसपास पाउदा संचारकर्मी दंग — OSNepal

जिल्ला मै विभागको प्रेसपास पाउदा संचारकर्मी दंग

LC (KTM) November 27, 2021 0

नृपेन्द्र बहादुर मल्ल / मुगु मंसिर ११ – हिमाली जिल्ला मुगुमा सञ्चार घुम्ती सेवा मार्फत प्रेसपास वितरण गरिएको छ । मुगुमा पहिलो पटक सुचना तथा प्रसारण विभागले घुम्ती सेवा सञ्चालन संचालन गरेको ३ दिने घुम्ति शिविरमा २६ जना सञ्चारकर्मीलाई पे्रस पास वितरण गरिएको हो ।

सञ्चार घुम्तीसेवा मार्फत मुगुका २० ,जुम्लाका १ र जाजरकोटका ५ जना गरी २६ जना सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिनुका साथै दुई वटा अनलाईन दर्ता गरिएको सुचना तथा प्रसारण बिभागका निर्देशक सुदिप भट्टराइले बताउनु भयो । सुचना तथा प्रसारण बिभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा गत ८ गतेबाट तीन दिने घुम्ती शिबिर संचालन गरिएको थियो ।

सञ्चालित संचार घुम्ती शिबिरमा २६ जना सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिएको र दर्ता भएका अनलाईनहरुमा रारा रैवार डटकम र चख्ेली अनलाईन नामक न्युज अनलाईन रहेको विभागका अधिकृत केशव शर्मा न्यौपानेले जानकारी दिनु भयो ।दुृर्गम हिमाली जिल्लाका संचारकर्मीको दख्ुःख पिडालाई ध्यान दिएर बिगत बर्ष देखि बिभागले हिमाली जिल्लामा संचार घुम्ती शिबिर संचालन गर्दै आएको र दुर्गम जिल्लामा कार्यरत संचारकर्मीलाई घुम्ति सेवाले सहजको लागि संचार घुम्ती शिबिर संचालन गरिएको बताईएको छ

शुक्रबार आयोजित समापन कार्यक्रममा बोल्नु हुदै नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले दुर्गमका संचारकर्मीको हितको निम्ति राज्य पहिलो पटक उपस्थित हुदा खुशी लागेको बताउनु भयो । उहाँले भन्नुभयो यहि रातो पे्रसपास लिन र नविकरण गर्न काठमाडौ जादा एक व्यक्तिको कम्तिमा ५० हजार खर्च हुन्थ्यो यो हिसावले यो घुम्ती शिविरलेबाट सेवा लिएकाहरुको हिसाव निकाल्दा लाखौ रकम बचत भएको छ,दर्गम त्यसमा पनि साविकका कणालीका पत्रकारहरुलाई लक्षित गरि गत वर्षबाट शुरु गरिको घुम्ती शिविरको श्रय सुचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमाललाई जान्छ सायद विभागमा कणालीको पहुच पुग्दाको उपलव्धी हो घुम्ती शिविर ।

संचार घुम्ती शिबिरमा जिल्लामा कार्यरत संचारकर्मीलाई क्षमता बिकास तालिम पनि प्रदान गरिएको थियो । पत्रकारको लेखनबृद्धि समाचार संकलन अन्त्रबार्ता, फिचरलेखन, अन्तरवार्ता लगाएतका बिषयमा जिल्ला स्थित संचारकर्मीलाई तिन दिनसम्म तालिम दिईएको छ । तालिमको प्रशिक्षकको रुपमा डा बिजय मिश्रले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो । उक्त तालिमा ३० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर