रावललाई लक्षित गर्दै ओलीको आग्रह : आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने गतिविधि नगरौं — OSNepal

रावललाई लक्षित गर्दै ओलीको आग्रह : आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने गतिविधि नगरौं

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेता भीम रावललाई लक्षित गर्दै आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा र अस्वस्थ प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने गतिविधि नगर्न आग्रह गरेका छन् ।

पार्टीको १० औं महाधिवेशनको बन्द शत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा र अस्वस्थ प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने गतिविधि नगरौं’ ओलीले भने ।

कसै न कसैले कुनै न कुनै जिम्मेवारी त सम्हाल्नैपर्छ भनेका ओलीले बन्द शत्रलाई सम्बोधन गर्दै पार्टीको प्रतिष्ठा, पार्टीको एकता खदिलो हुने कुरामा असर गर्ने कुरा नगर्न भनेका छन् ।

रावललाई लक्षित गर्दै ओलीले भनेका छन्, ‘फेरि पालो आउँछ । सानो देश भएपनि यत्रा पालिकाहरु छन्, प्रदेशसभाहरु छन्, प्रतिनिधिसभा छ । अरु ठाउँहरु छ । अहिले नभए फेरि आउला ।’

सिंगो देशले आफूहरुलाई हेरिरहेको भन्दै ओलीले एउटाले मात्र पनि अस्वस्थ्य व्यवहार भयो भने सिंगो पार्टीको छविमा आँच आउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर