ओली आफ्नै घमण्डले बगरमा पुगे ! — OSNepal

ओली आफ्नै घमण्डले बगरमा पुगे !

LC (KTM) November 27, 2021 0

थम्मन थापा / बागलुङ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य तथा ज्ञामनाथ गैरे अनिलले प्रतिगमनका मतियार केपी शर्मा ओली आफनै अहंकार, घमण्ड र गुटगत राजनीतीले सगरमाथाको शिर देखि अहिले बगरमा पुगेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै गैरेले माओवादीको संघर्षपुर्ण बलिदानले गर्दा नै देशमा गणतन्त्र, संघियता लागु भएको उल्लेख गरे । देशलाई निरङकुश तर्फ लैजाने ओलीको दुश्प्रयास, संविधानको चिरहरण र संसद बिघटनको कारण पार्टी एकतामा बिचलन आएको उनको भनाई छ ।

अहिले जनतामा एक खालको उत्साह पैदा भएको र माओवादी प्रति दिनहुँ जनलहर बढनुले माओवादी केन्द्र आगामी निर्वाचनमा भारी मतका साथ विजयी हाँसिल गर्ने उदघोष गरे उनले गलकोट नगरको विकास समृद्वि र सम्भावनाको निम्ती सबै एकजुट हुनुपर्ने बताए । मध्यपहाडी लोकमार्गको परिकल्पना नेकपा माओवादी केन्द्रले सरकारमा रहँदा गरेको थियो आज जिल्लाका दुर्गम भुभाग समेत अहिले यहि कारण सुगम भएका छन अब बागलुङ देखि घोडाबाँधे सम्मको सडक खण्ड लामो समय देखि कालोपत्रे नहुँदा समस्या भएको र यथाशिघ्र सडक स्तरोन्नती र कालोपत्रेको लागि पहल गरिने उनको भनाई छ ।

गलकोट नगर वामपन्थी शक्तिको केन्द्र रहँदा रहँदै पनि कम्युनिष्ट घटकहरु एक हुन नसक्दा थोरै जनमत भएको काँग्रेसको हातमा सत्ता पुगेको भन्दै आगामी निर्वाचनमा वाम शक्ति एक भएर अगाडी बढनुको विकल्प नभएको उल्लेख गरे ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा गलकोट नगर इन्चार्ज फमलाल निउरे, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार तथा तत्कालिन संविधान सभा सदस्य पुर्ण बहादुर राना, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार याम बहादुर श्रीस, शेरबहादुर खड्का, नेकपा एमाले गलकोट नगर सचिव दान बहादुर श्रीस, नेपाली काँग्रेसका जिल्ला सदस्य झहर बहादुर खत्री, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य नेत्र बुढाथोकी, शहिद परिवारकी छम कुमारी बस्नेत, एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर अध्यक्ष चुडामणी शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

पार्टीको नगर समितीमा नयाँ नेतृत्व चयन गर्न बन्द सत्र मंसिर १२ गते बिहान ११ बजे देखि गलकोट नगरपालिका वडा नं ६ को मजुवामा सञ्चालन गर्ने अध्यक्ष ललित श्रीसले जानकारी दिए । नगर सम्मेलन नेकपा माओवादी केन्द्र गलकोट नगर सचिवालय सदस्य कौशिला घर्तीको स्वागत र पार्टीका जिल्ला सदस्य खडक बहादुर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा पार्टीलार्ई महत्वपुर्ण भुमिका सहित योगदान गर्ने जेष्ठ नागरिक, सहिद परिवार, बेपत्ता, घाइते र केन्द्रिय सल्लाहकार लाई सम्मान गरिएको थियो । सम्मेलनमा बहुचर्चित लोकगायक विष्णु खत्रीले जनवादी गीत मार्फत दर्शकलाई छमछमी नचाएका थिए भनें रक्तिम कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर