OSNepal बिहिबार, माघ १३ २०७८

कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

  • OSNepal
  • शनिबार, मंसिर ११ २०७८


कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी
Reading Time: < 1 minute

नुवाकोट, ११ मङ्सिर -नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी हुनुभएको छ । सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ ।

सभापतिमा निर्वाचित महतले ८३३ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गर्नुभयो । उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी हुनुभएको छ । शुक्रबार भएको मतदानको आज परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ ।सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ हुनुहुन्छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड