OSNepal शनिबार, माघ ८ २०७८

सुन कछुवासहित काठमाडौंका चार जना पक्राउ प्रहरी सामु भने यस्तो

सुन कछुवासहित काठमाडौंका चार जना पक्राउ प्रहरी सामु भने यस्तो

  • OSNepal
  • शनिबार, मंसिर ११ २०७८


सुन कछुवासहित काठमाडौंका  चार जना  पक्राउ  प्रहरी सामु  भने यस्तो
Reading Time: < 1 minute

काठमाडौं ११ मंसिर । सुन कछुवासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रानीबारी काठमाडौंका ४२ वर्षीय हरि परियार, बुढानिलकण्ठका ३३ वर्षीय राजकुमार तामाङ, बालाजुका २२ वर्षीय प्रभास खाती र सञ्जय तामाङ रहेका छन् ।

निजहरुलाई जिउँदो सुन कछुवाको बिक्री वितरण हुन लागेको गोप्य सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिक्री गर्न लागेको अवस्थामा जिउँदो सुन कछुवासहित पक्राउ गरेको हो ।

निजहरुले प्रहरी सामु उक्त सुन कछुवा बेच्न लागेको स्वीकार गरेका छन् । निजहरुलाई काठमाडौंको सोल्टीमोडबाट गरिएको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड