सलमान खानले गरे स्टेजमै आदित्यको एक पछि अर्को तारिफ — OSNepal

सलमान खानले गरे स्टेजमै आदित्यको एक पछि अर्को तारिफ

LC (KTM) November 28, 2021 0

बलिउड सुपरस्टार सलमान खान हालै रिलिज भएको आफ्नो फिल्म अन्तिम द फाइनल ट्रथको प्रमोशनमा एकदमै ब्यस्त रहेका छन् । यसै सिलसिलामा उनी सिंगिंग रियालिटी शो सारेगमप शो मा पुगेका छन् । जहाँ शो लाई आदित्य नारायण झाले होस्ट गरिरहेका छन् । यसैक्रममा आदित्या नारायण संग सलमान खानको रि युनियन भएको छ ।

आदित्यलाई मञ्चमा देखेर सलमानलाई उनको आफ्नो फिल्म जब प्यार किसी से होता है को याद आएको बताए । यस फिल्ममा आदित्यनारायण चाईल्ड आर्टिस्टको रुपमा देखिएका थिए । स्टेजमा अहिलेको आदित्य लाई देखेर सलमानले आदित्यको बचपनका कुराहरु शेयर गरेका छन् । उनले आदित्यनारायणको बचपनको हर्कतका बारेमा सबै माझ शेयर गरेका हुन् । सलमानले भने– मैले आदित्यको साथमा त्यो बेला काम गरेको थिए जब उनी ४ बर्षका थिए ।

हामीले जब प्यार किसी से होता है फिल्म शुटिंग गरेका थियौ उनी बच्चा थिए त्यतिबेला मैले उनको सिंगान पुछि दिएको थिए । आदित्यले पनि आफ्नो बाल्यकालको कहानीलाई बचाउ गर्दै भन्छन्– मेरो नाक बाट सधै सिंगान बगिरहेको हुन्थ्यो त्यतिबेला मलाई यसबाट बचाउन सलमान सधै साथमै हुने गर्नु हुन्थ्यो । तर हेर्नुस अहिले म ठुलो भए तर सलमान भाइ अहिले पनि जवाननै देखिनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर