नासाको यान मंगल ग्रहमा पुगेको त्यो दिन — OSNepal

नासाको यान मंगल ग्रहमा पुगेको त्यो दिन

LC (KTM) November 28, 2021 0

विश्व इतिहासमा आजः पूर्वी टिमोर स्वतन्त्रतदेखि तेहरान सम्मेलन
आज २८ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

गणतन्त्र दक्षिण ओसेटिया घोषणा
सन् १९९१ मा जर्जियाको विवादास्पद क्षेत्र ओसिटियाले आफूलाई गणतन्त्र दक्षिण ओसेटिया घोषणा गरेको थियो । ओसेटियाको स्वतन्त्रतालाई जर्जियाले मान्यता नदिएपछि दक्षिण ओसेटियामा युद्ध भएको थियो । रसिया भेनेजुएलालगायात केही देशहरुले मात्र दक्षिण ओसेटियालाई सार्वभौम देशको मान्यता दिएका छन् ।

पूर्वी टिमोर स्वतन्त्रत
सन् १९७५ मा पूर्वी टिमोर स्वतन्त्र भएको थियो । पूर्वी टिमोर लामो समयदेखि पोर्चुगलको अधिनमा थियो ।

मंगल ग्रहमा नासाको यान
सन १९६४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगलग्रहमा म्यारिनर ४ नामक यान पठाएको थियो । मंगल ग्रहबाट तस्विर खिचेर पृथ्वीमा पठाउने यो पहिलो यान हो ।

तेहरानबारे सम्मेलन
सन् १९४३ मा अमेरिका, बेलायत, सोभियत युनियनबीच इरानको राजधानी तेहरानस्थित सोभियत दुतावासमा तेहरान सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले युरोप र एशियासँग कूटनीतिक कदम चाल्ने विषयमा छलफल भएको थियो । सम्मेलनमा दोस्रो विश्वयुद्धको समयमा जर्मनविरुद्ध दोस्रो मोर्चा बनाउने बारेमा योजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर