विष्णुको बोलीले बन्दसत्रमा रावल तात्तिए, ओली र ईश्वरले बनाए कुल — OSNepal

विष्णुको बोलीले बन्दसत्रमा रावल तात्तिए, ओली र ईश्वरले बनाए कुल

LC (KTM) November 28, 2021 0

चितवन – नेकपा एमालेको बन्दसत्रमा नेता भीम रावल आक्रोसित बनेका छन् । एमाले नेता विष्णु पौडेलले उम्मेदवारी दिन पाइन्न, विधानभन्दा दायाबाया हुँदैन भनेपछि नेता रावल आक्रोसित बनेका थिए ।

पौडेलले उम्मेदवारी दिन विधानले नै नदिने तर्क गरेपछि रावलले असन्तुष्टि जनाएका थिए । उनले विधानले उम्मेदवारी दिन नपाइने उल्लेख नगरेको भन्दै आफू उम्मेदवारबाट पछि नहट्ने बताएका थिए ।

रावल रन्किएपछि ईश्वर पोखरेलले सबैले उम्मेदवारी दिन पाइने भन्दै थमथम्याएका थिए । उनले विधान भन्दा दाँयाबायाँ नहुने बताएका थिए ।

बन्दसत्र चलेको तीन घन्टा बोलेका ओलीले नेताहरूबीच विवाद भएपछि रावललाई सान्त्वना दिँदै महाधिवेशन विधान अनुसार नै हुने बताएका थिए ।

‘विधानअनुसार सबैलाई अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो । उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन’, ओलीले भने ।

ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी उम्मेदवारी फिर्ता लिनुहुन्छ भनेका थिए । धेरै आकांक्षी देखिएपछि ओलीलाई सबै नेताहरूको व्यवस्थापनमा समस्या भइरहेको छ ।

यहीबीच रावलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेसँगै सर्वसम्मत नेतृत्व छनोट हुने सम्भावना पनि कम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर