नेपालगन्जबाट राडिबजार आउदै गरेको बस पल्टियो — OSNepal

नेपालगन्जबाट राडिबजार आउदै गरेको बस पल्टियो

LC (KTM) November 28, 2021 0

जाजरकोट, १२ मंसिर । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना। ६ ख। २७५७ नम्बरको रात्री बस जाजरकोटको बराहचौर नजिक राती दुई बजे दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर