१९ वर्षीय मियुजले चढेको स्कुटरलाई चेकजाच गर्दा... — OSNepal

१९ वर्षीय मियुजले चढेको स्कुटरलाई चेकजाच गर्दा…

LC (KTM) November 28, 2021 0

काठमाडौं, १२ मंसिर- भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली पुलबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय मियुज कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बा.६६ प ३६६४ नम्बरको स्कुटरलाई महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक कार्कीलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ८ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका-७ वीरेन्द्रनगर बस्ने ४२ वर्षीय तेज बहादुर गुरुङ र सोही नगरपालिका-४ खुरखुरे बस्ने २९ वर्षीय अनमोल लामा रहेका छन् ।

सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००२ प १९०२ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकको पोकामा लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक गुरुङ र मोटरसाइकलमा सवार लामालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर