बिबाहको लागि बिक्कीले रोजे यस्तो डिजाइनको लुगा — OSNepal

बिबाहको लागि बिक्कीले रोजे यस्तो डिजाइनको लुगा

LC (KTM) November 28, 2021 0

बलिउड अभिनेत्री कैट्रिना कैफ र बीक्की कौशलको बिबाहको चर्चा दिनका दिन बढिरहेको छ । हरेक दिन यो जोडीको बिबाहलाई लिएर एक नयाँ कुराहरु बाहिर आईरहेका छन् । अब यो जोडीले मेहन्दी, संगीत तथा बिबाहमा के लाउँछन् भन्ने बारे नयाँ खबर बाहिर आएको छ । उनीहरुले कुन डिजाइनरको कपडा लगाउने भन्ने कुराको पनि ब्यापक चर्चा रहेको छ ।

यो दुबै जोडीले बिबाहमा सब्यासाची लगाउने कुरा थियो तर अब डिजाइनरलाई लिएर दुबैले मन बदलि दिएका छन् । कैट्रीना कैफ मेहन्दीमा अबु जानीद्धारा तयार गरिएको आउटफिट अर्थात लुगा लगाउने तयारीमा छिन् । संगीतमा मनीष मल्होत्रा , बिबाह रिसेप्शनमा गुचीद्धारा डिजाइन गरिएको कुनै कपडा लगाउने बताइएको छ । त्यस्तै बिक्की कौशल मेहन्दी तथा संगीतमा कुणाल रावल तथा रघुबेन्द्र राठौर द्धरा तयार गरिएको लुगा लगाउने छन् ।

बिबाहको लागि बिक्कीले सब्यासाचीद्धारा डिजाइन गरिएको लुगा चुनेका छन् । सलमान खान संग कैट्रिना कैफको परिवारको एकदमै राम्रो सम्बन्ध रहेको छ । तर सलमान खान अभिनेत्री कैट्रिनाको बिबाहमा सामेल नहुने संकेत मिलेको छ । बिक्की तथा कैट्रीनाले आफ्नो बिबाहको बारेमा अहिले सम्म औपचारिक जानकारी दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर