OSNepal बिहिबार, माघ १३ २०७८

निर्माणकै क्रममा भाँचियो पुल,पाँच करोडभन्दा बढीको गरिएको थियो लागत

निर्माणकै क्रममा भाँचियो पुल,पाँच करोडभन्दा बढीको गरिएको थियो लागत

  • OSNepal
  • आइतबार, मंसिर १२ २०७८


निर्माणकै क्रममा भाँचियो पुल,पाँच करोडभन्दा बढीको गरिएको थियो लागत
Reading Time: < 1 minute

भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेकोे अवस्थामा भाँचिएको पुल । पुल रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको थियो

बजार अनुगमन -वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन गरेको छ ।

सो अवधिमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका ती फर्ममा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबारमा संलग्नहरुलाई कारवाही गर्दा रु ७१ लाख १० हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशक हरि पँगेनीले जानकारी दिनुभयो ।

उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको जानकारी दिनुभयो । विगत चार महिनाको अवधिमा विभागले ६६७ फर्मलाई जरिवाना, ६६८ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो । यस्तै, १० फर्मबाट परीक्षण गर्न बस्तुको नमूना सङ्कलन र साधनसहित तीनजना पक्राउ र १० फर्ममा सिलबन्दी गरिएको थियो ।

चाडबाडको समयमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई तथा इलोक्ट्रोनिक्स लगायतका पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई रु पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । विभागले चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका तीन जिल्लामा छुट्टा–छुट्टै अनुगमन टोलीमार्फत अनुगमनलाई निरन्तरता दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड